खाना खानेबित्तिकै यसकारण नुहाउनु हुँदैन
खाना खाने बित्तिकै नुहाउन नहाउनु हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ ।
शरिरको तापक्रम घट्छः
खाना खानेबित्तिकै नुहाउँदा तपाईंको शरिरको तापक्रम घट्ने गर्छ त्यसकारण यसलाई नियन्त्रण गर्नका लागि शरिरका अन्य अंग जस्तै हात, खुट्टा, अनुहार आदिको रक्तप्रवाह बढ्ने गर्छ । यसो हुँदा शरिरको क्रियाकलाप सही ढङ्गले भइरहेको हुँदैन ।
यस्तो किन हुन्छ ?
शरिरमा जब हामी पानी हाल्छौं तब रगतको प्रवाह छालासम्म पुग्छ र शरिरमा गर्मी पैदा हुन्छ । यदि हामीले खाना खानेबित्तिकै नुहायौं भने खाना पचाउन मद्दत गर्ने पेट वरिपरिको रक्तसंचार प्रभावित हुन्छ जुन शरिरका अन्य भागमा नै तेज हुने गर्छ । यसो हुँदा खाना सही तरिकाले पच्दैन वा पच्न समय लाग्छ ।
खाना पचाउनका लागि शरिरलाई उच्च रक्त प्रवाहको आवश्यकता पर्छ । यदि खाना खाएपछि तातो पानीले नुहाउनु हुन्छ भने शरिरलाई चिसो बनाउने क्रममा रक्तनली फैलिएर रगतको तातोलाई छालासम्म पुर्याउने काम गर्छ । यस्तो अवस्थामा हाम्रो दिमागले चाहिने जति रगत पाउँदैन । यसको प्रतिक्रियामा हामीलाई रिंगटा लाग्नेजस्ता समस्या देखिन थाल्छ ।
यद्यपी, यो समस्या सबैमा देखिँदैन । यदि तपाईं बिरामी भइरहनुहुन्छ वा रक्तसंचारसम्बन्धि कुनै समस्याको सामना गरिरहनु भएको छ भने खाना खानेबित्तिकै नुहाउँदा रिंगटा लाग्न सक्छ । त्यसकारण खाना खाएको एक वा आधा घण्टासम्म ननुहाउनुहोस् । त्यसैले खाना खानेबित्तिकै भारी काम वा कुनै व्यायाम नगर्न पनि सल्लाह दिइन्छ । यद्यपी, यी सबै तथ्य चिकित्सकीय हिसाबले पूर्ण रुपमा प्रमाणित छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार