बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१४ वर्षका किशोर अमेरिकाको गर्भनर !

बुधबार, ३० साउन २०७५, ११ : १४
बुधबार, ३० साउन २०७५

हाम्रो देशमा जहाँ ४५ –५० वर्षका नेतालाई युवा मानिन्छ, अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ ।

ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । स्मरण रहोस्, ईथन चुनाव लड्न सक्छन् तर आफूलाई भोट भने दिन सक्दैनन् । भोट दिन कम्तीमा १८ वर्ष पुग्नुपर्छ ।

वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले उठाएका हुन् ।

ईथन डेमोक्रेटिक पार्टीका हुन् जो अहिले भरमन्टमा निकै लोकप्रिय छन् ।

भरमन्टबाहेक म्याशाच्युशेट्स र कन्सास यस्ता दुई राज्य हुन् जहाँ गभर्नर पदका लागि उमेरको कुनै सिमा निर्धारण गरिएको छैन । त्यसकारण कन्सासमा पनि थुप्रै युवाले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिएका छन् । यद्यपी, उमेरको हिसाबले इथन सबैभन्दा कान्छा हुन् ।

यहाँ नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि ईथनले थुप्रै भाषण दिइरहेका छन् । उनको भाषणमा थुप्रै मानिसहरु सहभागी हुन्छन् । ईथनका अनुसार उनीसँग राज्यको स्वास्थ्य संस्थामा सुधार, आर्थिक र शिक्षाको विकासका लागि थुप्रै योजना छन् ।

उनका एक प्रतिद्वन्द्वी क्रिस्टिन हेलक्विस्ट तेस्रोलिङ्गी हुन् । उनीबाहेक पर्यावरणविद् एथलर र डान्स फेस्टिबलकी कार्यकारी निर्देशक ब्रेन्डा सिगेल पनि उनका प्रतिद्वन्दी हुन् ।

भरमन्टका सबैभन्दा कम उमेरका गर्भनर एफ रे केजर हुन् । सन् १९६१ मा जब उनी गर्भनर बनेका थिए तब उनको उमेर ३२ वर्ष थियो ।

ईथन सोनबर्न पाँच वर्ष हुँदा आफ्नो एक किताबमा अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ केनेडीको तस्बिर देखेपछि राजनीतिमा आउने प्रेरणा पाएको बताउँछन् । उनी ठूलो भएर अमेरिकाको राष्ट्रपति समेत बन्न चाहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप