शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा एई ग्लोबलको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदै

बुधबार, ३० साउन २०७५, १० : ४४
बुधबार, ३० साउन २०७५

काठमाडौं– पोखरामा अष्ट्रेलियन एजुकेसन फेयर  हुने भएको छ । आगामी भदौ ३ गते (अगस्ट १९) पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रीया थापाले जानकारी दिइन् ।

‘फेयरमा २४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी हुन्छन्,’ थापाले भनिन्, ‘सहभागी विद्यार्थीलाई अष्ट्रेलियन  शिक्षाका लागि आवश्यक सम्पूर्ण ज्ञान प्रदान गर्नेछौं ।’ निःशुल्क प्रवेशको व्यवस्था गरिएको फेयरमा ‘स्पर्ट एडमिसन अप्लाई’को सुविधासमेत रहेको थापाले बताइन् ।

फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न क्याटेगोरीमा ३० प्रतिशतसम्म छात्रबृत्ति उपलब्ध गराइने बताइएको छ । ‘२४ वटा युनिभर्सिटी तथा कलेजबाट रोजेको विषय विद्यार्थीले छनोट गर्न सक्छन्,’ थापाले भनिन्, ‘अष्ट्रेलियाका फरक फरक शहरका युनिभर्सिटी फेयरमा सहभागी हुँदैछन् ।’

फेयरमा सहभागी विद्यार्थीलाई प्रिभिलेज कार्डको व्यवस्था गरिएको छ । भिजा लागिसकेपछि फ्लाइट टिकेटमा छुट लगायतका सेवा प्रिभिलेजन कार्डबाट प्राप्त गर्न सकिने थापाले जानकारी दिइन् । ‘आयस्लमा ५० प्रतिशत छुटको सुविधासमेत छ,’ उनले भनिन्, ‘अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई निःशुल्क प्रक्रिया सुरु गर्छौं ।’

फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको थापाले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप