मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले डसेका पाँच बिरामी अस्पतालमा

मङ्गलबार, ०३ साउन २०७४, ११ : २५
मङ्गलबार, ०३ साउन २०७४

गौशाला - महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन् । 

जिल्ला अस्पतालका अनुसार महोत्तरीको भंगहा गाउँका २४ वर्षीय रम्पल यादव, एकडारा गाउँका ३२ वर्षीया नसिमा खातुन, २९ वर्षीय उत्तमकुमार मण्डल र भारत विहार राज्यको सीतामढी जिल्लाका यद्युपट्टि बस्ने ६० वर्षीय समसुल हक र मतौना देवारी बस्ने १२ वर्षीय मेहताव अन्सारी रहेका छन् । 

उनीहरुमध्ये तीनजनालाई तराईमा जताततै पाइने विषालु सर्प गोमन र दुईजनालाई करैतले डसेको उनका आफन्तले बताएका छन् । 

आज बिहान ५ बजेदेखि नै जिल्ला अस्पतालमा एकपछि अर्को गरी धमाधम उपचारका लागि आएका उनीहरुको सघन उपचार भइरहेको जनाइएको छ । 

महोत्तरीमा अहिले अत्यधिक गर्मी बढ्न थालेको छ भने दैनिक जिल्ला अस्पतालमा सर्पदंशका १२ देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नागेन्द्र यादवले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप