मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, छ सय बिरामी लाभान्वित

मङ्गलबार, २९ साउन २०७५, १९ : २१
मङ्गलबार, २९ साउन २०७५

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको वेलवारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । बेलवारी ४ धरहरा स्थित पञ्चायत निम्न माध्यमिक बिद्यालयमा गरिएको शिविरबाट ५ सय ८७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

शिविरमा १ सय १९ जनाको भीडीयो एक्सरे, ४७ जनाको ईसीजी र १ सय ३३ जनाको ल्यावटेष्ट गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । उनका अनुसार दातमा समस्या भएर निकाल्नुपर्ने अवस्थाका १३ जनाको दात उखेलिएको छ ।

आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । त्यस्तैगरी स्त्री तथा प्रसुति, बाल रोग, नाक कान घाँटी लगायत रोगको पनि उपचार गरिएको छ । शल्यक्रिया गर्नुपर्ने तथा गंभीर प्रकृतिका ९७ जना बिरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएर आएका बिरामीलाई अस्पतालमा पूर्ण रुपमा निःशुल्क उपचार गरिने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । बालबालिकादेखि बृद्धबृद्धासम्मको उपचार गरिएको शिविरमा नोबेल अस्पतालबाट २२ जना स्वास्थ्यकर्मीको टोली उपचारका लागि खटिएको थियो ।    

नोबेल अस्पतालले नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाले उपचारमा सहज भएको स्थानीय डम्बर बस्नेतले बताए । ग्रामिण क्षेत्रका बिपन्न तथा उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप