‘नेपालका मन्त्री र सांसदहरु’ सार्वजनिक
काठमाडौं– बरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
बरिष्ठ पत्रकार रिसालको ९१ औं जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौंमा ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।
सिकाई समूह प्रालिले प्रकाशन गरेको पुस्तकमा २००७ सालदेखि २०७५ सालसम्मका प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको नालावेली समेटिएको छ ।
पुस्तक सार्वजनिक समारोहमा बोल्दै प्राध्यापक कृष्ण खनालले पुस्तकले नेपालको इतिहासको समग्र पाटोलाई स्मरण गराएको प्रतिक्रिया दिए ।
उनले भावी पुस्तालाई नेपालको अतितको राजनीतिक संस्कार पनि पुस्तकले जानकारी गराउने विश्वास व्यक्त गरे ।
पुस्तक वरिष्ठ पत्रकार रिसाल र भरतराज पोखरेलले लेखेका हुन् ।
अध्ययनशील समाजका लागि उपयोगी अभिलेख हुन सक्ने ठानेर पुस्तक तयार पारिएको वरिष्ठ पत्रकार रिसालले बताए ।
पुस्तकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुँदाका महत्वपूर्ण एवम् ऐतिहासिक दस्तावेज पनि समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)