मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब दक्षिण एशियामा ला लिगाका खेलहरु फेसबुकमात्र हेर्न मिल्ने

मङ्गलबार, २९ साउन २०७५, १५ : ४६
मङ्गलबार, २९ साउन २०७५

बीबीसी । ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

यस प्रणारण अधिकारले भारत, अफगानीस्तान, बङ्लादेश, भुटान, नेपाल, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानलाई समेट्ने छ ।

यो क्षेत्रमा ३४.८ करोड फेसबुक प्रयोगकर्ताहरु छन् जसमध्ये सबैभन्दा ठूलो हिस्सा ओगट्ने भारतमा मात्रै २७ करोड प्रयोगकर्ताहरु रहेका छन् । 

यसअघि नै फेसबुकले अमेरिकामा निकै लोकप्रिय रहेको मेजर लिग बेसबल प्रशारण गर्ने गरिरहेको छ । त्यसका प्रत्येक खेलको लागि एक डलर तिर्नुपर्ने हुन्छ । 

तर ला लिगाका खेलहरु भने निःशुल्क प्रशारण हुनेछ, तर यीनमा प्रयोगकर्ता लक्षित विज्ञापनहरु देखाइनेछ । 

सम्झौताका सर्तहरु सार्बजनिक गरिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०१४ मा अघिल्लो पटक विक्री हुदाँ प्रशारण अधिकार ३२ लाख अमेरिकी डलरमा किनिएको थियो । 

टिभी प्रशारण संस्थाहरुमा सम्झौताले किन बढायो ज्वरो ?
रोयटर्ससँगको कुरामा फेसबुकका ग्लोबल लाईभ्स स्पोर्टका निर्देशक पिटर हट्टनले यो एक मात्र सम्झौता भएकाले प्रशारण संस्थाहरुले यसलाई ठूलो चुनौतीको रुपमा लिन नहुने बताए । 

खेलकुदका प्रत्यक्ष प्रशारण सःशुल्क केबल तथा भूउपग्रहीय सेवाहरुको ग्राहक तान्ने प्रमुख चालक मानिन्छ । नेटफ्लिक्स र अन्य अनलाईन सेवाको प्रवेशपछि अन्य सेवामा असर परेपछि खेल प्रशारण मात्रैका लागि कयैनले टिभी सेवाहरु सुचारु राखेको विश्वास गरिन्थ्यो । 

अब त्यो क्षेत्र पनि खतरामा परेको देखिन्छ । किनकी ला लिगाको फेसबुक सम्झौता विश्वव्यापी ट्रेण्ड हो ।

विश्वको सबैभन्दा चर्चित फुटबल लिग संयुक्त अधिराज्यको प्रिमियर लिगका सम्पूर्ण खेलहरु यो सिजन अन्तिम पटक टिभी च्यानलमा देखाइनेछ । 

अर्को सिजनबाट २० खेलहरु अनलाईनमा मात्र हेर्न मिल्ने गरि देखाइनेछ । यसका लागि प्रिमियर लिग र अमेजनको सम्झौता भईसकेको छ । 

अमेरिकामा पनि अमेरिकी फुटबल लिग नेसनल फुटबल लिगले अघिल्लो सिजन अमेजनसँग ११ ‘बिहिबार रातका खेलहरु’ प्रशारणको लागि सम्झौता गरेको छ ।

त्यस्तै अमेरिकाकै अर्को खेल प्रतियोगिता ‘नेसनल बास्केटबल एसोसियसन’का खेलहरुको चीनमा प्रशारण अधिकार ट्यान्सेन्टले पाएको छ । त्यहाँ प्रत्यक खेलहरु औसतमा २० लाख मानिसहरुले उक्त अनलाईन प्लाटफर्ममा हेरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप