बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ७९ औं शाखा काठमाडौँको टोखामा

मङ्गलबार, २९ साउन २०७५, १४ : ३८
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ७९ औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्याएको छ ।

शाखा कार्यालयको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे ।

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता टोखा शाखाका प्रवन्धक योगेश महर्जनले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी आफ्ना ७९ वटा शाखा, ७१ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप