शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिबन्धित स्मीथ अझै टेस्ट वरियतामा नम्बर वान

मङ्गलबार, २९ साउन २०७५, १२ : ०६
मङ्गलबार, २९ साउन २०७५

एजेन्सी । अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मीथ पुनः टेस्ट क्रिकेटको ब्याटिङ बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । 

गत मार्चदेखि प्रतिबन्धित रहेका स्मिथ अझै पनि नम्बर एक स्थानमा रहन सफल भएका हुन् ।

दक्षिण अफ्रिकामा भएको बल ट्याम्परिङ मामिलामा स्मिथमाथि अस्ट्रेलियाको राज्यस्तर तथा राष्ट्रिय स्तरको खेल खेल्न प्रतिबन्ध लगाइएको छ ।

इङ्ग्ल्याण्डबिरुद्धको पहिलो टेस्टमा २ सय रन बनाएपछि भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले स्मिथलाई उछिन्दै नम्बर १ स्थानमा पुगेका थिए ।

तर, दोस्रो टेस्टमा हार बेहोर्ने क्रममा उनले ४० रन मात्र जोडेपछि उनी पुनः दोस्रो स्थानमा खस्किएका छन् ।

इंग्ल्याण्डका जो रुट आइसीसी टेस्ट ब्याटिङ बरियतामा तेस्रो स्थानमा रहेका छन् ।

यता, बलिङमा इंग्ल्याण्डका फास्ट बलर जिमी एन्डरसन शीर्ष स्थानमा रहेका छन् ।

३६ वर्षीय एन्डरसनले लड्र्समा ४३ रन खर्चदै ९ विकेट लिएपछि इंग्ल्याण्डले पाँच टेस्टको शृङ्खलामा २–० को अग्रता बनाएको छ ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप