मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अब 'इम्प्लोई' होइन 'इम्प्लोएर'

मङ्गलबार, २९ साउन २०७५, ११ : २५
मङ्गलबार, २९ साउन २०७५

उच्चस्तरीय शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने परिपाटीको निरन्तरताका साथै विदेशमा पढ्न गयो भने उच्च वर्गको भइने सोचको विकास नेपालमा ह्वात्तै बढेको छ । नेपाली शिक्षाको गुणस्तरमा खोट लगाएर विदेशिनुभन्दा नेपालमा पनि गुणस्तरीय शैक्षिक केन्द्रहरू छन् भनेर बुझ्नु जरुरी छ । 

शिक्षाको क्षेत्रमा नेपालले ठूलै फड्को मारिसकेको छ । जुन कुनै शिक्षाका लागि विदेश हानिनुपर्ने अवस्था अहिले छैन । नेपालमा खुलेका धेरै शैक्षिक संस्थाहरूले विदेशमा गएर ठूलो रकम खर्चेर आर्जन गर्ने ज्ञान र सीप नेपालमै उपलब्ध गराइरहेका छन् ।

यस्तै मध्यको एक हो इस्लिङ्टन कलेज । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने कलेजहरूको हुलमा अग्रपङ्क्तिमा उभिएको छ इस्लिङ्टन कलेज । काठमाडौँको कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले व्यवस्थापन तथा आईटी शङ्कायमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कोर्सहरू अध्यापन गराइरहेको छ । 

बेलायतको ‘लन्डन मेट्रोपोलिटन विश्वविद्यालय’बाट सम्बन्धन लिएर सन् १९९७ मा स्थापना भएको कलेज हो, इस्लिङ्टन कलेज । विदेशी कलेजहरूमा लाखौँ खन्याउनुभन्दा स्वदेशमा नै कम शुल्कमा स्तरीय शिक्षा लिन सकिने उदाहरण बनेको छ इस्लिङ्टन कलेज । नेपालमै विदेशको जस्तो शिक्षाको सुविधा दिइरहेको इस्लिङ्टन कलेजले आफ्ना विद्यार्थीहरूलाई ‘फाइभ स्टार’ जस्तो सुविधा दिइरहेको कलेजको दाबी छ । विद्यार्थीले ल्याएको प्राप्ताङ्कलाई स्थापित गर्न कलेजले सीपको विकास गरी उद्यमशीलतामा प्रयोग गर्ने परिपाटीको विकास गरिरहेको छ । इस्लिङ्टन कलेजले विद्यार्थीको माक्र्स, सर्टिफिकेट, स्किल अनि पोजिटिभ याटिच्युटलाई फोकस गरेको इस्लिङ्टनका अध्यक्ष सुलभ बुढाथोकी बताउँछन् । 

कलेजले विद्यार्थीका लागि सम्पूर्ण प्याकेजको व्यवस्था गरेको छ । जस्तोः खेल, लर्निङ जोन, क्याफे, फ्री वाइफाई । बेसिक आवश्यकतालाई पूरा गर्नकै लागि कलेजले यीबाहेक फुटसल ग्राउन्ड निर्माण र आइसक्रिम पार्लर पनि स्थापना गर्दैछ । इस्लिङ्टन कलेजले काठमाडौंमा २, पोखरा, विराटनगर र इटहरीमा १, १ गरी ५ स्थानमा अध्यापन गराइरहेको छ ।

कोर्स

हाल इस्लिङ्टनले स्नातक र स्नाकोत्तर तहको अध्यापन गराइरहेको छ । जसमा आईटीतर्फ बीएस्सी इन कम्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी, बीएस्सी इन कम्प्युटिङ, बीएस्सी इन मल्टिमिडिया टेक्नोलोजीसँगै कलेजले नयाँ कोर्ष मोबाइल एप्लिकेसन डेभलपमेन्ट पनि सुरु गरेको छ । 

एमएस्सी आईटीअन्तर्गतमा कलेजले कम्प्युटर नेटवर्किङ र साइबर सेक्युरिटीको पढाइ सञ्चालन गरिरहेको छ ।

म्यानेज्मेन्टतर्फ बीबीएमा कलेजले मार्केटिङ, फाइनान्स र इन्टरनेसनल विजनेस विषयमा अध्यापन गराइरहेका छन् । 

एमबीए अन्तर्गत इन्टरप्रिनरसिप, इनोभेसन र लिडरसिप म्यानेजमेन्ट साथै कलेजले थाइल्यान्डको प्रसिद्ध ‘युनिभर्सिटी अफ दी थाई चेम्बर अफ कमर्स’ र ‘अनलाइन कमर्स कम्पनी’ अलिबाबासँग सहकार्य गरेको छ ।

यी तालिम केन्द्र विश्व विख्यात अनलाइन कम्पनी अलिबाबाद्वारा सञ्चलित तालिम केन्द्र हुन् । एमबीए अध्ययन गर्ने विद्यार्थीले यी दुवै ठाउँमा गएर तालिम प्राप्त गर्ने अवसर पाउने कलेजका अध्यक्ष सुलभ बुढाथोकीको भनाइ छ । अध्यक्ष बुढाथोकीका अनुसार एमबीए अध्ययन गर्न चाहने विद्यार्थीलाई अलिबाबा कम्पनी र थाइल्यान्डको युनिभर्सिटी लगेर तालिम प्रदान गरिनेछ । यस्तो तालिमले विद्यार्थीलाई जुनसुकै देशमा गएर नेतृत्वदायी भूमिकामा रहन सघाउ पुर्याउनेछ । नेपालमा पनि अलिबाबा दराजको नामबाट प्रवेश गरिसकेको छ ।

यसकारण अब अलिबाबाको तालिम नेपाली विद्यार्थीका लागि अझ सहज हुने र रोगजारीको प्रशस्त सम्भावना हुने कलेजको दाबी छ । 

सुविधा

कलेजले ‘लाइफ स्टाइल विथ सेक्युर फ्युचर’लाई मूल मुद्दा बनाएको छ । आफ्नो कलेजमा आउने विद्यार्थीले गज्जबको लाइफ स्टाइल सिकेर जाने अध्यक्ष बुढाथोकीको दाबी छ । कलेजले विद्यार्थीलाई कफी कल्चरदेखि ओपन लर्निङसम्मको सुविधा दिएको छ । आज धेरै विद्यार्थी विदेशिनुको पछाडिको रियालिटी लाइफ स्टाइल नै हो । त्यसैले पनि विदेशमा जुन तरिकाको पढाइ हुन्छ, त्यो स्लिङ्टनले दिने र विदेशका कलेजभित्रको लाइफल स्टाइल सिकाएको कलेजले दाबी गरेको छ । 

कलेजले ४ सय एमबीपीएसको इन्टर्नेट स्पिड दिनुका साथै कलेजभित्र कफी सप, लर्निङ जोनको व्यवस्था गरेको छ, जहाँ विद्यार्थी रिफ्रेस हुनुका साथै कलेजभित्रै बसेर पढाइ पूरा गर्न सक्छन् । अध्यक्ष बुढाथोकी भन्छन्, “बाहिर फाइभ स्टार कलेज भन्ने भ्रम छ, हो हामीले फाइभ स्टारको सेवा सुविधा दिएका छौं तर शुल्क भने ननस्टारको छ ।”

इ​स्लिङ्टन कलेज नै किन ?

कलेजका अध्यक्ष बुढाथोकीको एउटै उद्देश्य छ, विदेश दौडिने हुललाई रोक्नु । हुन पनि गत आर्थिक वर्षको तथ्याङ्कले ५८ हजार ७ सय ५८ विद्यार्थी बाहिरिएको देखाएको छ । यी बाहेक भारत जाने अधिकांश विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) नलिईकनै पनि जाने गरेका छन् । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने बाहिरिएकामध्ये १० प्रतिशत पनि स्वदेश फर्किएको देखिँदैनन् । 

नेपालमा पनि गुणस्तरीय शिक्षा पाउन सकिन्छ । विदेशमा जस्तो कोर्स र पढाइ छ, त्यसैलाई यहाँ उतारिएको छ भने विदेश जानुपर्ने कारण किन ? अवसरकै कुरा गर्ने हो भने विदेशमा भन्दा नेपालमै अवसरको खानी छ, पहिचान मात्र गर्न सक्नुपर्छ । कलेजका अध्यक्ष बुढाथोकी भन्छन्, ‘यही सत्यलाई स्थापित गर्नका लागि नै हो इस्लिङ्टन कलेज ।’

गुणस्तरमा कम्प्रोमाइज नगर्ने अनि युवा पुस्ताले खोजिरहेको संस्कार दिन कटिबद्ध रहेको कलेज दाबी गर्छ । इस्लिङ्टनबाट डिग्री लिएका हरेक विद्यार्थीले विश्वको कुनै पनि डिग्रीसँग सीधै प्रतिस्पर्धा गर्ने क्षमता राखेको कलेजको दाबी छ । 

जागिर तथा आफ्नै व्यवसाय गर्न चाहने विद्यार्थीका लागि उपयुक्त विषयको पठन पाठन हुने भएकाले इस्लिङ्टनमा विद्यार्थीको चाप अत्यधिक छ । विदेशका ठूला विश्वविद्यालयबाट सम्बन्धन पाएर एउटै पाठ्यक्रम अध्यापन गराइने हुँदा अन्तर्राष्ट्रियस्तरको पढाइका लागि विदेश नै जानुपर्ने दिनको अन्त्य भएको कलेजका अध्यक्ष बुढाथोकी बताउँछन् । ‘वेस्टर्न नलेज, इस्टर्न ब्रेन’को अवधारणालाई आत्मसाथ गरेको यस कलेजका शिक्षक पनि विश्वविद्यालयले नै छनोट गरी नियुक्त गर्ने गरेको छ । 

शुल्क

शुल्कको हिसाबले केही महँगो देखिए पनि कलेजले दिने सेवा सुविधा हेर्दा महँगो भन्न नमिल्ने कलेजको तर्क छ । कलेजले विद्यार्थीबाट लिने शुल्कमध्ये ३० प्रतिशत शुल्क विश्वविद्यालयलाई बुझाउनुपर्ने भएकाले बाँकीको रकमले यहाँ पढाइ हुन्छ । 

विद्यार्थीको अवस्थालाई प्रत्यक्ष नियालेर मात्रै छात्रवृत्ति दिने गरेको कलेज बताउँछ । विदेशमा गएर ६०, ७० लाख खन्याउनभन्दा नेपालमै १० लाखमा विदेशको शिक्षा त्यो पनि रोजगारीको प्रशस्त अवसरसहित पाउन सक्छन् । 

कलेजमा हरेक वर्गका विद्यार्थीले पढ्ने अवसर पाएको अध्यक्ष बुढाथोकी बताउँछन् । मुख्यतः कलेजभित्र कुनै भेदभाव छैन । यहाँ जुन वर्गले पनि पढ्न सक्छ । यत्ति हो लगाव र क्षमता भने हुनुपर्छ । 

कलेजले १० प्रतिशतदेखि शत प्रतिशतसम्मको छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीको क्षमता अनि उसको अवस्था हेरेर छात्रवृत्ति दिने गरेको अध्यक्ष बुढाथोकी बताउँछन् । कलेजले हरेक विषयको जम्मा सिट सङ्ख्याको १० प्रतिशतलाई भने ५० देखि शतप्रतिशतसम्मको छात्रवृत्ति दिने गरेको छ । साथै भर्ना भएका विद्यार्थीले पहिलो र दोस्रो वर्षमा ल्याएको परीक्षा अङ्कका आधारमा शत प्रतिशतसम्म र अन्तिम वर्ष कलेजमा उत्कृष्ट हुनेलाई लन्डन मेट्रोपोलिटन विश्वविद्यालयले वार्षिक ३३ हजार पाउन्डसहितको छात्रवृत्तिको व्यवस्था गरेको छ । 

एलुम्नाई

हालसम्म इस्लिङ्टनको एलुम्नाई सञ्जाल ३८०० भन्दा बढी पुगेको छ । जसमा १८०० भन्दा बढी राम्रोसँग स्थापित भइसकेका छन् भने बाँकीले राम्रो रोजगारी पाएका छन् । कलेजका अनुसार कलेजले विद्यार्थीलाई इम्प्लोई भन्दा इम्प्लोएर बन्न प्रेरित गरेको हुन्छ । कलेजले रोजगार फोकस एजुकेसन दिएका कारण पनि पास आउट विद्यार्थी जागिरका लागि भाँैतारिनु परेको छैन । कलेज भन्छ, ‘हाम्रा विद्यार्थी शतप्रतिशत रोजगार छन्, कलेजले ग्लोबल अवसर देखाउने भएकाले पनि विद्यार्थीले रोजगारीका लागि स्वदेशमा मात्रै होइन, विदेशमा उत्तिकै स्थान पाउने गरेका छन् ।’

रोजगार

कलेजबाट ग्राजुएट भएकामध्ये ९८.६ प्रतिशत विद्यार्थी स्वदेश तथा विदेशका ठूला कम्पनीहरूमा आबद्ध रहेको कलेजले दाबी गरेको छ । कामको प्रत्यक्ष अनुभव लिएका विद्यार्थीले मात्र सैद्धान्तिक विषयलाई राम्रोसँग बुझ्न सक्ने भएकाले दुई वर्ष व्यवस्थापनको क्षेत्रमा काम गरेका विद्यार्थीलाई मात्र इस्लिङ्टनले एमबीएमा भर्ना लिने गरेको छ । ग्राजुएटपछि कतिपय विद्यार्थी थप अध्ययनका लागि विदेश पढ्न जान्छन् भने केही दुई वर्ष यहीँ काम गरेर एमबीए सुरु गरेका छन् । हाल एमबीए गर्दै गरेका कति विद्यार्थीहरूलाई त कम्पनीहरूले मार्क (रोजगारको अफर) गर्ने गरेको पनि कलेज बताउँछ । 

कलेजले विद्यार्थीलाई वर्क रिलेटेड इन्टरर्नसिपमा मात्रै पठाउने गरेको र कतिलाई त इन्टर्नसिपकै समयमा कम्पनीले रोजगारीमा लिने गरेको कलेजका अध्यक्ष बुढाथोकी बताउँछन् । विद्यार्थीलाई इम्प्लोयर हुन प्रेरित गर्ने गरेको र यदि उनीहरूलाई लिगल र फाइनान्सियल सपोर्ट चाहिएमा कलेजले सपोर्ट गर्ने गरेको अध्यक्ष बुढाथोकी बताउँछन् । इस्लिङ्टन कलेजबाट उत्पादित विद्यार्थीले नेपालमै राम्रो कम्पनीहरू सञ्चालन गरी व्यवसाय गरिरहेको कलेजको दाबी छ । जस्तोः अनलाइन सपिङ कम्पनी सस्तो डिल, आईटी कम्पनी रिगो टेक्नोलोजी केही उदाहरण मात्रै हुन् । 

व्यावहारिक शिक्षामा जोड दिँदै, ‘ओभर अल होलिस्टिक लर्निङ इन्भारमेन्ट’का लागि सम्पूर्ण प्याकेज हो इस्लिङ्टन कलेज । हरेक वर्गका विद्यार्थीको रोजाइमा परेको यो कलेजले भविष्यमा अझ उत्कृष्ट शिक्षा दिनुका साथै नेपालमै स्वरोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ । यस कलेजले भेदभावरहित वातावरणमा व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य लिई त्यसै अनुरूप अगाडि बढिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप