बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डेभिड सिल्भाद्वारा राष्ट्रिय टोलीबाट सन्यासको घोषणा

मङ्गलबार, २९ साउन २०७५, ११ : ०९
मङ्गलबार, २९ साउन २०७५

एजेन्सी । म्यान्चेस्टर सिटीका स्टार डेभिड सिल्भाले स्पेनको राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एउटा पत्र सार्वजनिक गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।

१२ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा सिल्भाले १२५ पटक देशको प्रतिनिधित्व गर्दै ३५ गोल गरेका छन् ।

सिल्भाले स्पेनबाट सन् २०१० को विश्वकप उपाधिमाथि कब्जा जमाएका थिए भने सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन्सीपको उपाधि पनि जितेका थिए ।

अब उनले क्लब करियरमा ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

‘यो पत्र लेख्न त्यही सहज थिएन,’ ३२ वर्षीय खेलाडीले ट्वीटरमा लेखेका छन्, ‘हप्तौँ लामो मूल्यांकनपछि राष्ट्रिय टोलीबाट आफ्नो करियर अन्त्य गर्ने निधो गरेको छु । निःसन्देह यो मेरो करियरको सबैभन्दा कठिन निर्णय थियो ।’

पत्रमा उनले आफ्ना समकक्षी, प्रशिक्षक र स्पेनिस फुटबल फेडरेसन तथा फ्यानहरुलाई धन्यवाद दिएका छन् ।

विश्वकपपछि आन्द्रेस इनियेस्टा र जेरार्ड पिकेले यसअघि नै सन्यास लिइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप