रणबीर–दीपिकाको विवाहको मिति तयः इटालीमा गरिने, ३० जनालाई निम्तो
बलिउडमा एकतर्फ प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्टको चर्चा छ भने अर्कोतर्फ दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति पनि तोकिएको छ ।
दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको छ ।
केही दिन अघि सार्वजनिक भएको एक रिपोर्ट अनुसार यी दुईले नोभेम्बर २० तारिखमा विवाह गर्ने बताइएको थियो । यसबारे कसैले पनि आधिकारिक पुष्टि नगरिरहेका बेला बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे कन्फर्म गरेका छन् ।
फिल्मफेयरलाई उद्धृत गर्दै कबिर बेदीले यो जोडीलाई बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् ।
फिल्मफेयरको रिपोर्ट अनुसार रणबीर र दीपिकाका लागि यो विशेष हुने भएकाले इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारीमा छन् ।
Great couple! Great locale in Italy! Great event!
— KABIR BEDI (@iKabirBedi) August 13, 2018
Wishing @RanveerOfficial and @deepikapadukone a wonderful wedding, and a lifetime of happiness. 🙏 https://t.co/pPY6gBol8Z
विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ ।
स्रोतका अनुसार भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्नेछन् । एउटा मुम्बईमा हुनेछ भने अर्को दीपिकाको होम टाउन बेंगलुरुमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण