रणबीर–दीपिकाको विवाहको मिति तयः इटालीमा गरिने, ३० जनालाई निम्तो
बलिउडमा एकतर्फ प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्टको चर्चा छ भने अर्कोतर्फ दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति पनि तोकिएको छ ।
दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको छ ।
केही दिन अघि सार्वजनिक भएको एक रिपोर्ट अनुसार यी दुईले नोभेम्बर २० तारिखमा विवाह गर्ने बताइएको थियो । यसबारे कसैले पनि आधिकारिक पुष्टि नगरिरहेका बेला बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे कन्फर्म गरेका छन् ।
फिल्मफेयरलाई उद्धृत गर्दै कबिर बेदीले यो जोडीलाई बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् ।
फिल्मफेयरको रिपोर्ट अनुसार रणबीर र दीपिकाका लागि यो विशेष हुने भएकाले इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारीमा छन् ।
Great couple! Great locale in Italy! Great event!
— KABIR BEDI (@iKabirBedi) August 13, 2018
Wishing @RanveerOfficial and @deepikapadukone a wonderful wedding, and a lifetime of happiness. 🙏 https://t.co/pPY6gBol8Z
विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ ।
स्रोतका अनुसार भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्नेछन् । एउटा मुम्बईमा हुनेछ भने अर्को दीपिकाको होम टाउन बेंगलुरुमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
-
शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु
-
नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन
-
इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा (मतपरिणामसहित)
-
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि
-
ट्रेलरमा यस्तो देखियो ‘खजुरे ब्रो’