शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सचिनको 'मापसे'मा एलिसा र विनोदको जोडी

मङ्गलबार, २९ साउन २०७५, ०९ : ३०
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं - गायक सचिन राईको 'मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकासमक्ष  देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ ।

भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको  अभिनय छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेको हुन् भने रमेश खड्काले संगीत भरेका छन् ।

विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् ।

काठमाडौंको बालाजुमा छायांकन गरिएको भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् । 

एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका सचिन ‘खोजि प्रतिभा - सिजन २’ सेकेण्ड रनरअप समेत हुन् ।

खोटाङमा जन्मिएका सचिनले यसअघि ढाकाको चोलीमा, सिसि क्यामेरा लगायतका गीतहरु बजारमा ल्याईसकेको छन् ।

भिडियो हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप