नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।
सोमबार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री ओलीले बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताएका हुन् ।
संविधान निर्माणसँगै संविधान कार्यान्वयनमा जोड दिँदै जनताको प्रत्यक्ष जीवन शैलीसँग जोडिएका हक अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान सफल भएको पनि बताए ।
संविधानमा फरक मत राख्दै आएका विभिन्न राजनीतिक दलका मागलाई समेत सम्बोधन गर्दै र आवश्यकताका आधारमा संविधानलाई संशोधन गरेर सर्वोपरि संविधान बनाउने सरकारको ध्येय रहेको प्रधानमन्त्री ओलीको तर्क थियो ।
नेपाली इतिहासमा निर्माण गरिएका ७ वटा संविधान मध्येको उत्कृष्ट संविधानले जनतालाई विभिन्न हक र अधिकार दिएर सभ्य समाज निर्माण गर्न समेत सफल भएको बताए ।
संविधानले दिएका अधिकारको सुनिश्चितताका लागि आवश्यक ऐन कानून निर्माण गरेर संविधानलाई कार्यान्वयन गर्न सरकार अग्रसर रहेको प्रधानमन्त्री ओलीको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण