बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा

सोमबार, २८ साउन २०७५, २१ : २५
सोमबार, २८ साउन २०७५

काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । 

बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ । 

भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय (४६औँ मिनेट)मा तोहुरा खातुनले गोल गरिन् । 

त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ मिनेटमा सजिदा खातुनले एक÷एक गोल गर्दै ३–० को अग्रता कायम गर्न सफल भए । त्यसपछि खेलमा गोल हुन सकेन र बंगलादेशले खेल ३–०ले जित्यो । 

हारका बाबजूद समूह बीको उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ भने दुवै खेल जितेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । 

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो । 

त्यस्तै समूह ‘ए’ बाट भारत र भुटान सेमिफाइनलमा पुगेका छन् । सेमिफाइलनमा नेपालले आगामी सोमबार भारतको सामना गर्नेछ भने भूटानले बंगलादेशको सामना गर्नेछ । 

प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । 

मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् । 

कलाकार भेट्रानको विजयी शुरुआत 

कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फूटबल प्रतियोगितामा आज विजयी शुरुआत गरेको छ । 

चाबहिल स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा कलाकारले सजन स्मृतिलाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ मरिचमान श्रेष्ठ र हरि डाँगीले २–२ तथा डम्बर नेपालीले १ गोल गरे । 

एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अर्को खेलमा बनेपाले टुसाललाई ४–१ गोलले हरायो । बनेपाका विक्रम श्रेष्ठले दुई तथा प्रदीप धगौडा र अनिश श्रेष्ठले १–१ गोल गरे । विक्रम ‘म्यान अफ द म्याच’ चुनिए । टुसालका प्रज्ज्वल गुरुङले सान्त्वना गोल गरे । विजेता दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

भदौ २ गतेसम्म हुने नकआउट प्रतियोगितामा १४ टिम सहभागी छन् । विजेताले रु एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । 

यसअघि प्रतियोगिताको प्रतिनिधिसभाका सांसद गगन थापाले उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप