शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरक्षित भविष्यका लागि प्लाटोनिकको करियर टक

सोमबार, २८ साउन २०७५, १८ : ३४
सोमबार, २८ साउन २०७५

काठमाडौं ।  शिक्षा क्षेत्रमा कार्य गर्दे आइरहेको प्लाटोनिक इजुकेशन सर्भिसले करियर टकमा आधारित गोष्ठीको आयोजना गरेको  छ । सोमवार राजधानीमा गोष्ठीको आयोजना गरी प्लाटोनिकले सुरक्षित भविष्यका लागि युथले चाल्नुपर्ने कदमबारे बहस गरेको हो । 

प्लस टु सकेका बिद्याथीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करियरसंग सम्बन्धित रहेर बैंक तथा बित्तिय संस्था, पर्यटन, आइटीका क्षेत्रमा कसरी अगाढी बढ्न सकिन्छ भन्नेबारे छलफल भएका थिए ।  
कार्यक्रममा प्लाटोनिक इजुकेशनका सिइयो अजय महतले असफलताबाट पाठ सिक्दै सफलताको मार्गलाई पछ्याएर अघि बढनुपर्ने धारणा राखे। 

कार्यक्रममा बोल्दै मेघा बैंककी सिइओ अनुपमा खुन्जेलीले भविष्यलाई सुरक्षित पार्नको निम्ति अहिलेदेखी नै बचतको अबधारणालाई आत्मसाथ गदै अघि बढ्नुपर्ने बताइन् । उनले सफलताका लागि अहिलेदेखीनै प्रसस्त तयारी हुनुपर्ने धारणा व्यक्त गरीन् । 

नेपाल टुरिजम बोर्डका निर्देशक दिपक महतले टुरिजममा भविष्य खोज्न चाहने युथका लागि प्रसस्त अवसर रहेको बताए। उनले आम्दानीलाइ बहिर्गमन बाट रोक्ने एकमात्र क्षेत्र पर्यटन भएकाले यो पुस्ताले यसलाइ प्राथमिकतामा राखेर अघि बढे आफ्नो र राष्ट्रको नै हित हुने बताए । 

कार्यक्रममा संचारकर्मी तथा हास्य कलाकार सन्दिप क्षेत्रीले निकै रोचक तवरबाट आफ्नो जीवन भोगाइलाई प्रस्तुत गर्दै जीवनमा कहिल्यै हरेस नखाइ अघि बढ्न सके एकदिन सफलता हात पार्ने बताए ।
राजधानीका बिभिन्न कलेज र संघसस्थाको सहभागीतामा आयोजित कार्र्यक्रममा प्लस टु सकेका झण्डै ३ सय बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप