बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यानमाथिको निलम्बन फुकुवा गर्न मनिटरिङ् कमिटीको बैठक सुरु

सोमबार, २८ साउन २०७५, १८ : २१
सोमबार, २८ साउन २०७५

काठमाडौं– क्रिकेट विवाद समाधान गरी नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएका मनिटरिङ् कमिटीको बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको सोल्टी होटलमा जारी कमिटीको बैठक मंगलबारसम्म चल्नेछ । बैठकले क्यानको सुल्झाउन बाँकी विवादका बारेमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ ।

मूख्य गरी जिल्ला संघहरुको अधिवेशनबारे असन्तुष्टिमा बैठक केन्द्रित रहनेछ । कमिटीले साउन १० गते सार्वजनिक सूचना जारी गरी जिल्ला संघको अधिवेशन बारेको प्रमाणिकरण पेश गर्न भनेको थियो । निर्वाचित क्यानले जिल्लाको अधिवेशन स्वीकार गर्न माग गरिरहेका बेला आईसीसीले भने गत बैशाखमा संशोधन गरिएको विधानअनुरुपको निर्वाचनलाई मात्र मान्यता दिने बताएको छ ।

यी लगायतका अन्य विवाद समाधान गरी क्यान निलम्बनको फुकुवाका लागि सकारात्मक निर्णय लिने कमिटीका सदस्य एलबी क्षेत्रीले जानकारी दिए । आईसीसीले बनाएको मोनिटरिङ कमिटीमा राष्ट्रिय खेलकुद परिषदका १, निलम्बित क्यानका १ र आईसीसीका तीनजना प्रतिनिधि छन् ।

राखेपबाट एलबी क्षेत्री, निलम्बित क्यानबाट ठाकुरप्रताप थापा (रइस) र आइसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी छन् । निर्वाचित क्यानले आईसीसीको म्याण्डेटअनुसार विधान संशोधन गरेपछि बाँकी विवाद समाधानका लागि आईसीसीले मनिटरिङ कम्पनी गठन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप