मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंक नेपालको नवलपरासी बौदीकालीमा नयाँ शाखा संचालन

सोमबार, २८ साउन २०७५, १६ : ३७
सोमबार, २८ साउन २०७५

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

वित्तीय सेवा मार्फत पनि संघियतालाई  दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनको लागि बैंकले नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बौदीकाली गाउँपालिका २ डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२ औं शाखा हो ।

 नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पुर्याउने विश्वास लिइएको छ ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप