शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यूनियन लाइफ इन्स्योरेन्स र लुम्बिनी बिकास बैंकबीच बैंकास्योरेन्स

सोमबार, २८ साउन २०७५, १२ : ४२
सोमबार, २८ साउन २०७५

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी बिकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स संझौता भएको छ ।

सो संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट   सहायक महाप्रबन्धक चुडामणी चापागाई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले हस्ताक्षर गर्नु भएको छ । 

संझौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने भएको छ ।

जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका बीमा कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न सफल भएको छ ।

कम्पनीले गत आ.व.मा साढे ८६ करोड बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ भने कम्पनीको देशब्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप