शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार गिरिजाको ‘ए सरकार’ सार्वजनिक

सोमबार, २८ साउन २०७५, १२ : १०
सोमबार, २८ साउन २०७५

काठमाडौं – पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । गीतमा भीमफेदी गाइज्को अभिनय देख्न सकिन्छ ।
पुष्पण प्रधानको स्वर रहेको गीतमा विकास पाण्डेको संगीत छ । रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा निर्मल लामाले निर्देशन गरेकी हुन् । 
भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई अधिकारीले गीत मार्फत ब्यक्त गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप