बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डेब्यु खेलमा रोनाल्डोको गोल, दर्शक मैदानमा ओर्लिएपछि खेल रद्द

सोमबार, २८ साउन २०७५, १० : ३२
सोमबार, २८ साउन २०७५

एजेन्सी । युभेन्टसका लागि पहिलो खेलमा नै क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् । 

खेलको शुरुवाती १० मिनेटभित्र नै रोनाल्डोले गोल गरेका हुन् ।

रियल म्याड्रिडबाट यो सिजन युभेन्टस भित्रिएका रोनाल्डो सन् २०१८ को विश्वकपपछि लामो समय बिदामा थिए । 

क्लबको प्रिमाभेरा टोलीविरुद्धको मैत्रिपूर्ण खेलमा सहभागी भएका रोनाल्डोले आठ मिनेटमा नै युभेन्टसको सिनियर टोलीलाई अग्रता दिलाएका थिए । 

दोस्रो गोलका लागि पनि रोनाल्डोकै हात रहेको थियो । उनले रिकार्डो कापालेनीलाई प्रेसरमा राख्दा उनले आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यसपछि पाउलो डिबलाले दुई गोल थपे ।

खेलको हाफ टाइममा रोनाल्डोलाई सब्सटिच्युड गरियो । त्यसअघि एक फ्यान रोनाल्डोसँग तस्विर खिचाउन मैदानमा ने प्रवेश गरेका थिए ।

दोस्रो हाफमा क्लाउडियो मार्चिसियोले युभेन्टसको अग्रता ५–० बनाए । 

खेलको ७० औँ मिनेटमा प्रशंसकहरु मैदानमा प्रवेश गरेपछि खेल रद्द गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप