शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनालाई सुपरकोपा : मेस्सीको नयाँ किर्तिमान

सोमबार, २८ साउन २०७५, ०९ : ५६
सोमबार, २८ साउन २०७५

एजेन्सी । निकै रोमाञ्चक खेलमा सेभियालाई पराजित गर्दै स्पेनिस सुपरकप जित्दा बार्सिलोनाको इतिहासमा लियोनेल मेस्सी सबैभन्दा सफल खेलाडी बन्न सफल भएका छन् ।

आइतबार राती भएको खेलमा बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले अन्तिम मिनेटमा पेनाल्टी रोक्दा बार्सिलोना २–१ गोलले विजयी भएको हो ।

पाबलो साराबियाले गोल गर्दै सेभियालाई खेलमा अग्रता दिलाएका थिए । शुरु उनको गोललाई अफसाइड करार गरिए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उनको गोललाई मान्यता दिलाएका थिए ।

तर, जेरार्ड पिकेले बार्सिलोनाका लागि गोल गर्दै खेल बराबरी गरे भने ओसमान डेम्बेलेले टोलीलाई अग्रता दिलाए ।

खेलको अन्तिम समयमा टेर स्टेगनले एलेक्सिस भिडाललाई लडाएपछि सेभियाले पेनाल्टी पायो । तर, विसाम बेन येडेरको पेनाल्टीलाई बचाऊ गर्दै टोलीलाई जीत दिलाए ।

एक मात्र लेगको सुपरकप आयोजना गरिएको यो पहिलो अवसर हो । बार्सिलोनाले पछिल्लो १० मध्ये ९ सुपरकपमा कब्जा जमाएको छ ।

यो जीतसँगै बार्सिलोनाका नयाँ कप्तान मेस्सीले क्लबबाट ३३ वटा उपाधि जित्न सफल भएका छन् । क्लबको इतिहासमा कुनै पनि खेलाडीले जितेको यो सबैभन्दा धेरै उपाधि हो ।

यसमा चार च्याम्पियन्स लिग, ९ ला लिगा, ६ कोपा डेल रे र किर्तिमानी ५ बालोन डि’ओर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप