आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एकान्तको मौका पारी भीमबहादुरले गरे डोलमायाको हत्या

मङ्गलबार, ०३ साउन २०७४, ०९ : २०
मङ्गलबार, ०३ साउन २०७४

दमौली - तनहूँको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ । 

सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।

असार ३१ गते डोलमायाको हत्या गरिएको उनले जानकारी दिए । घरका सबै परिवार विवाहमा गएको मौका पारी घर नजिकैको गोठमा गएका बेला डोलमायाको ती युवकले हत्या गरेका हुन् । 

हात र लात्तले हानेर ती महिलाको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । स्थानीय र प्रहरीको टोलीले तत्कालै ती युवकलाई नियन्त्रणमा लिए पनि सदरमुकाम दमौली ल्याउन ढिलो भएकाले घटना दुई दिनपछि सार्वजनिक भएको हो । 

युवकविरुद्ध सोमबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीको मुद्दा शाखाले जनाएको छ ।

शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । ती महिलाको हत्या किन गरियो भन्नेबारेमा भने केही खुल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप