शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चाइनाको एंकर अब नेपालमा

आइतबार, २७ साउन २०७५, १६ : २२
आइतबार, २७ साउन २०७५

काठमाडौँ । । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिङ्क प्रालिले एंकर ब्राण्डलाई नेपालमा लन्च गरेको छ । एंकर चाइनाको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनीक्स ब्राण्ड हो । यसका आधुनीक पोर्टेवल इलेक्ट्रोनीक्स सामानका ठूलो रेन्जमा नै रहेको छ ।

पशुपती ट्रेड लिङ्कले एंकरका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुतुथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लुतुथ स्पिकर नेपाली बजारमा उपलब्ध गराउने छ र यी सामानहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारिन्टी सहित उपलब्ध रहेको छ ।

एंकरको नेबुला मार्स प्रोजेक्टर ग्राहकको आकर्षण केन्द्रमा रहनेछ जसमा १० वाटको २ वटा स्पिकर र १५० इन्च सम्मको तस्विर जुन १२८० वाइड ७२० को क्लिीयर रेजुलेशन हुनेछ । यो प्रोजेक्टर एन्ड्रोेइड ७.१ मा चल्छ  र यसमा बील्ड इन वाइफाइ र ब्लुतुथ रहेको छ जसले गर्दा युट्युव र नेटफ्ीक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ ।

यसमा ८ जीवीको इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्स्टरनल आईओहरु एचडिएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ । यसमा १२५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ ।

पशुपती ट्रेड लिङ्कका मार्केटिङ्ग मेनेजर धिरेन्द्र कुसवहाका अनुशार ‘यो टेक्नलोजीको युगमा मानिसहरु लेटेष्ट टेक्नलोजीका इलेक्ट्रोनिक्स सामानहरु आफ्नो दैनीक जीवनमा प्रयोग गर्न चाहन्छन् । हामीले बिश्व एंकर जस्तो बिश्व स्तरीय ब्राण्ड नेपालमा भित्राएका छौ जसले व्याट्रि लाइफ, पर्फमेन्स तथा इफिसीयन्सीको वृद्धी गर्छ ।

हामी सबै उपभोक्ताहरुलाई राम्रो सामान खरिद गर्न आग्रह गछौ र एंकर एक उपयुक्त र विश्वासीलो छनौट हो । ’
 
एंकर ब्राण्ड

एंकर एक विश्वप्रसिद्ध चाईनीज टेक्नलोजी कम्पनी हो जसले डिजाइन डेभलप गरि अमेरिका तथा युरोपियन युनियनका देशहरुमा बिक्री गर्छ । यसको स्थापन सन् २०११ मा स्टिभ याङ्गले गुुगलको जागिर छोडेर गरेका थिए ।

यो कम्पनी स्तरीय पावरबैक र चार्जरको लागि चिनिने गरेको छ ।  एंकर चार्जीङ्क टेक्नलोजीमा ग्लोबल लिडर रहेको छ जसमा वायरलेस चार्जीङ्ग, कार चार्जीङ्ग तथा वेस्ट सेलीङ्क पोर्टेवल तथा वाल चार्जरहरु रहेका छन् ।  एंकर यो टेक्नलोजीको पायनीयर नै हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप