शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रिलमा एकसाथ रियल प्रेमी आयुष्मान र प्रियंका

आइतबार, २७ साउन २०७५, १३ : ३७
आइतबार, २७ साउन २०७५

काठमाडौं – रियलका पनि प्रेमी आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की रिलमा समेत प्रेमी पे्रमिकाको रुपमा देखिएका छन् । ‘मैच्याङ’ बोल रहेको गीतको भिडियोमा यी दुबै रोमान्टिक रुपमा देखिएका हुन् । 

गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ । गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको संघर्ष छ । 

प्रियंका र आयुष्मानले केही दिन पहिले इन्गेजमेन्ट गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप