‘मिस नेपाल नर्थ अमेरिका २०१८’ मा मोनिका घले विजयी
काठमाडौँ । मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् ।
प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् ।
त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिजेता सुजाता लामा तथा द्वितीय श्रीजना राई घोषणा भएकी छन ।
गत अगस्त ६ तारिखबाट छनोट सुरु भएको उक्त प्रतियोगिता ११ तारिखमा विजेता घोषणा गरिएको हो ।
अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता भएका थिए ।
पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० मध्ये अन्तिम चरणमा पुगेका ५ मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ की बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य