बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा टिपरले ठक्कर दिँदा एक युवकको ज्यान गयो

शनिबार, २६ साउन २०७५, १३ : ०३
शनिबार, २६ साउन २०७५

काठमाडौँ– सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप