शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

शनिबार, २६ साउन २०७५, १२ : ५६
शनिबार, २६ साउन २०७५

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।  उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उक्त विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

उनीहरुबीचको वार्तालापमा विश्वमा पछिल्लो समयमा देखिएका विभिन्न खालका चुनौतीहरुको समाधानका लागि समन्वय गरी अघि बढ्ने विषयमा सहमति भएको ह्वाइट हाउसद्धारा जारी गरिएको सो विज्ञप्तिमा जनाइएको छ । 

इरानको पारमाणविक सम्झौताबाट अमेरिका अलग्गिएपछि अमेरिका र इरानबीचको सम्बन्ध केही वर्षयताकै सबैभन्दा नराम्रो भएको देखिएको छ ।  यसका कारण अमेरिकाले पनि इरानमाथि कडा नाकाबन्दीको घोषणा गरेको छ । यस विषयमा पनि उक्त उनीहरुबीच कुराकानी भएको थियो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटगर्दै फ्रान्सेली राष्ट्रपतिसँग राम्रो कुराकानी भएको बताएका छन् । उनले विशेषगरी व्यापार र सुक्षासम्बन्धमा उनीसँग वार्तालाप भएको पनि आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका छन् । -एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप