शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिमस्टेक शिखर सम्मेलनको तयारी बैठकः के छ एजेण्डा ?

शनिबार, २६ साउन २०७५, ११ : ५५
शनिबार, २६ साउन २०७५

काठमाडौं–बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि सदस्य राष्ट्रको सचिवस्तरीय बैठक बसिरहेको छ । 

आगामी भदौ १४ र १५ गते काठमाण्डौमा आयोजना गर्न लागिएको शिखर सम्मेलनको तयारीका लागि शनिबार राजधानीको होटल हायतमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरु सम्मलित तयारी बैठक बसेको हो । 
यो बैठकले विमस्टेक शिखर बैठक हुने स्थान, समय परराष्टमन्त्रीस्तरीय बैठकका लागि एजेण्डा, मुल बैठकको एजेण्डाको प्रारम्भिक खाका, बैठकमा सहभागी हुने सदस्य राष्ट्रका प्रमुखहरुलाई दिइने रिट्रिडको स्थान लगायत अन्य व्यवस्थापकीय निर्णय गर्ने छ ।

सदस्य राष्ट्रका हैसियतले नेपालले बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो । ६ मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिका रुपमा बैठकमा सहभागी हुन नेपाल आउनेछन् । 
प्रधानमन्त्रीको संयोजकत्वमा गठित राष्ट्रिय मूल समितिले मन्त्रालयगत विभिन्न समिति गठन गरी सडक मर्मत, सरसफाई लगायत काम गर्दै बैठकको तयारी व्यापक पारेको छ । दक्षिण पूर्वी एसियाली देशहरुको साझा संस्थाका रुपमा रहेको बिमस्टेक शिखर सम्मेलनमा भाग लिनका लागि भदौ ११ गते देखि विदेशी पाहुनाहरु काठमाण्डौ आउन सुरु हुने बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप