शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् तलबको पूरै रकम समाजसेवामा खर्चिने सेनाका मेजर

शनिबार, २६ साउन २०७५, ११ : ४४
शनिबार, २६ साउन २०७५

गुल्मी–  गत तीनदिनदेखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन  प्रतियोगिता  भइरहेको छ । शनिवार  समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका प्रतियोगिहरुको सहभागिता रहेको छ ।

  त्यस प्रतियोगिताको पूरै खर्च ब्यहोर्ने ब्यक्ति हुन्,  नेपाली सेना विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमत कार्की । 

    जिल्लाभित्र होस् वा बाहिर प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन दिने गरेका छन् । यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निम्न माध्यामिक विद्यालयमा अपाङ्ग मैत्री शौचालय पनि उनले ब्यक्तिग खर्च  मै निर्माण गरी दिए । रुरु गाउँपालिका वडा नम्वर ४ को वम्घामा उनले त्यहाँका पुरै विद्यार्थीहरुलाई कपी कलम, खेल सामग्री बितरण गरे ।

  जहाँ उनले एक दिने शिविर राखेर विद्यार्थी र उनका अभिभावकहरुलाई स्वास्थ्य सेवा उपलब्ध समेत गराई दिए । त्यहाँका सवै भन्दा विपन्न विद्यार्थी छानेर उनले अभिभावक बन्दै उच्च शिक्षा सम्म आफ्नै खर्चले पढाइदिने घोषणा गरेका छन् ।

   को कहाँ असहाय छ ? को विपद्मा परेको छ ? उनले सञ्चारकर्मी र अन्य सरोकारवालालाई सोध्धै सहयोग गर्छन् । यस्ता अनगिन्ती सहयोग उनले गरेका छन् ।   तम्घासमा युवा समाज सेवी रमेशजंग कुँवर भन्छन –‘ हुन त   यस अघिदेखि नै जिल्लाको धार्मिक क्षेत्र संरक्षण , खेलकुद विकासमा नेपाली सेनाको अतुलनिय योगदान रहँदै आएको छ ।     तर ब्यक्तिगत रुपमा  मेजर सावको यति ठुलो योगदान विगतमा सायद विरलै भए होलान् ।’
 ‘सामाजिक क्षेत्रमा उहाँको त्यो खर्च  उहाँको मासिक तलव भन्दा बढि होला’, ‘ ब्याडमिन्टन संघका अध्यक्ष महेश काउछा भन्छन्, ‘पछिल्लो  ब्याडमिन्टन खेललाई मात्र होइन उहाँले हरेक खेलमा ब्यक्तिगत सहयोग गर्दै आउनु भएको छ ।’

 पोखराका चर्चित समाज सेवी स्वर्गीय डम्वरबहादुर कार्कीका छोरा हुन्, उनी । पोखरा नगरपालिकामा १५ वर्षसम्म प्रधानपञ्च रहेका र पछि पोखराकै मेयर रहेका कार्कीको तीन वर्ष अघि निधन भएको थियो । 
कार्की भन्छन्, ‘ म मेरो नाम राख्नका लागि होइन ।  सामाजिक उत्तरदायित्वमा नेपाली सेनाको मन र नाम देखाउन चाहन्छु ।  हरेक नेपाली सेनाको दिल दिमागमा  राष्ट्रको रक्षा जति गडेको हुन्छ, त्यस्तै सामाजिक क्षेत्रमा पनि केहि गरेर देखाउँ भन्ने भावना जागृति हुन्छ । यस्तो म एउटा अधिकृत मात्रको होइन। हरेक अधिकृत देखि जवान सम्ममा  हुन्छ ।’

 उनले यहाँ  गुल्मपति सम्हाल्नुजेल आफ्नो पुरै तलव सामाजिक क्षेत्र मै खर्चिने उद्घोष गर्दै आएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप