केन्द्रीय संस्करण

अस्पतालमा भेटिँदैनन् वीरका डाक्टर

person access_timeसाउन २५, २०७५ chat_bubble_outline0

काठमाडौं– देशकै पूरानो अस्पतालको रुपमा रहेको वीर अस्पतालका चिकित्सकहरुले तोकिएको समयसम्म काम नगर्ने गरेको पाइएको छ ।  अस्पतलामा पछिल्लो समय सञ्चालनमा ल्याइएको डिजिटल हाजिरको ब्यवस्थापछि चिकित्सकहरु तोकिएको समयभन्दा पहिले नै अस्पतालबाट बाहिरिने गरेका हुन् । 

अस्पताल स्रोतका अनुसार डाक्टरहरू बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समयमा बाहिर निस्कन्छन् र ५ बजे आएर फेरि हाजिर हिँड्छन् । केहि त बिहान हाजिर गरेर हिँडेपछि बेलुका फेरि हाजिर गर्न पनि फर्किँदैनन् । नियमअनुसार डाक्टरहरु बेलुका ५ बजेसम्म कार्यरत हुनुपर्ने भएपनि दिउँसो १ बजेपछि अधिकांश डाक्टर भेटिँदैनन् ।

यस्ता कामचोर डाक्टर कोहि अस्पताल वरिपरिकै निजी स्वास्थ्य संस्थामा काम गर्ने, कोहि  आफुनै क्लिनिकमा  व्यस्त रहने  गर्छन् । 

यसरी डाक्टरहरु तोकिएको समयसम्म अस्पतालमा नबस्दा   रेजिडेन्टहरूको पढाइ र बिरामीको सेवा प्रभावित भएको छ ।  चिकित्सकहरुले अस्पतालमा समय नदिएपनि अहिलेसम्म कुनै कारबाही हुन नसकेको एक कर्मचारीले बताए । 

वीरमा कर्मचारीको इलेक्ट्रोनिक हाजिर सम्बन्धमा देखिएका कमी–कमजोरी सुधार गर्न भन्दै समितिसमेत गठन गरिएको थियो । समितिले सम्बन्धित विभागका प्रमुखलाई हाजिरी, काम र उपस्थिति नियमित भए–नभएको अनुगमन गर्न सुझाइएको दिएपनि प्रतिवेदनअनुसार कुनै काम नभएको समेत ति कर्मचारीले बताए । 

यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदमा दरखास्त आह्वानको तयारी गरिएको छ । आइतबार एक  सूचना प्रकाशित गरी दरखास्तका लागि आह्वान गर्न लागिएको बताइएको छ । 

हालका उपकुलपति डा. गणेश गुरुङकाे पदावदी सिकएसँगै  नयाँ नियुक्तिकाे प्रक्रिया थाल्न लागिएकाे हाे ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ