वेस्ट इन्डिजमा चम्किए सन्दीप, तर टिम भने पराजित
काठमाडौँ । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् ।
स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन् ।
आज बिहान भएको खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिएका थिए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।
उनको क्लब उक्त खेलमा पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
१४७ रनको विजय लक्ष्य पच्छ्याउँदै जवाफी मैदानमा उत्रिएको गुयना अमाजोन वारियर्सले १६ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । उनी पाँच हजार अमेरिकी डलरमा उक्त क्लबमा आबद्ध भएका हुन् ।
यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले पहिलो खेलमै विकेट लिन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा