पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेसन अवार्ड’
काठमाडौँ– भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चलाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘गोगो फाउण्डेसन अवार्ड’ बाट थापालाई सम्मान गरे ।
अवार्डबाट सम्मानित हुने थापा तेस्रो व्यक्ति हुन्। यो अवार्ड पहिलो पटक डा.भगवना कोइराला र दोस्रो पटक कुलमान घिसिङले प्राप्त गरेका थिए । पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनौट समितिले थापालई अवार्ड दिने निर्णय गरेको कार्यक्रममा गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए ।
समितिमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेसन अध्यक्ष अनिता विन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान