शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा फसिसक्थ्योः प्रधानमन्त्री ओली

शुक्रबार, २५ साउन २०७५, १९ : ०५
शुक्रबार, २५ साउन २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा गइसक्ने दाबी गरेका छन् । अघिल्लो सरकारले देशलाई गम्भिर आर्थिक संकटमा पुर्याएको भन्दै उनले अब चालू आर्थिक वर्षभित्रै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गरे । प्रदेश नम्वर ५ बाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै उनले सो धारणा राखेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।’ उनले अगाडि भने, ‘कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुनसक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक बहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनुपर्छ ।’

उक्त अवसरमा नन्दलाल रोकाया,खिमलाल भट्टराई,पूर्णा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा सांसदहरुले प्रदेश नम्वर ५ को वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिञ्चाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप