बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपाध्यक्षद्वय प्रेमनाथ श्रेष्ठ र राजेन्द्र सुवेदी पदमुक्त

शुक्रबार, २५ साउन २०७५, १९ : ०४
शुक्रबार, २५ साउन २०७५

काठमाडौं । नेपाल फुल कन्याक्ट कराते महासंघले २ उपाध्यक्ष र २ सदस्यलाई पदबाट पदमुक्त गरेको छ । महासंघले उपाध्यक्षद्वय प्रेमनाथ श्रेष्ठ र राजेन्द्र सुवेदीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

साउन २५ गते बुक्रबारको दिन बसेको महासंघको बैठकले उपाध्यक्षद्वयसँगै सदस्यद्वय दिपकबहादुर थापा र सूर्यबहादुर बुढाथोकीलाई पनि पदबाट पदमुक्त गरेको छ । 

महासंघको विधान २०६८ को धारा २० को उपधारा १ को देहाय ‘ख’ बमोजिम उनीहरुलाई पदबबाट पदमुक्त गरिएको महासंघका अध्यक्ष दमन बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै महासंघको आज बसेको बैठकले भदौ २० गतेदेखि २३ गतेसम्म पोखरामा समर क्याम्प गर्ने निर्णयसँगै २३ गते नै बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप