शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेज १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन

शुक्रबार, २५ साउन २०७५, १८ : २३
शुक्रबार, २५ साउन २०७५

कतार – कतार एयरवेजले इण्डोनेसियाको जकार्ता तथा पलेम्बाङमा १८ अगस्ट देखि सेप्टेम्बर २, २०१८ सम्म आयोजना हुन गइरहेको १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन रहने घोषणा गरेको छ ।

उक्त खेलकुद महोत्सवले ४५ सहभागी राष्ट्रका खेलाडीहरुलाई जकार्ता तथा पलेम्बाङमा निम्त्याई प्रतिष्ठित पुरस्कारहरुको लागि प्रतिस्पर्धा गराउने छ । 

कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको सफलता पश्चात रुसबाट एसिया तर्फ ध्यान केन्द्रीत गरी आफ्नो नेटवर्क विस्तार गर्दै विश्वव्यापी सम्बन्ध अझ मजबुत बनाउने योजना बनाएको छ । 

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय अकबर अल बकेरले भने, “कतार एयरवेज इण्डोनेसियाको जकार्ता तथा पलेम्बाङमा आयोजना हुन गइरहेको १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन बनी एक पटक फेरि संसारभरका प्रशंसकहरुलाई खेलकूद प्रतिको प्रेमको माध्यमबाट एकताबद्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ ।

हामी २०० भन्दा बढी खेलाडीहरु सम्मिलित कतारको टोलीलाई जकार्ताको सो उत्सवमा पु¥याई सम्पूर्ण प्रशंसकहरुलाई जकार्ता तथा पलेम्बाङमा स्वागत गर्दछौँ । ”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप