केन्द्रीय संस्करण

२८ सामुदायिक विद्यालयका विद्यार्थीलाई राष्टिय बाणिज्य बैंकको सहयोग

person access_timeसाउन २५, २०७५ chat_bubble_outline0

काठमाडौं –राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिंग, प्युठान स्याङ्जा र भोजपुरका विभिन्न २८ सामुदायिक विद्यालयका विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३२ हजार ७ सय ३० थान कपी वितरण गरेको छ ।

सीएसआर कमिटिका सदस्य तथा यस बैकका नायब महाप्रबन्धक केशब प्रसाद लम्सालबाट धादिङ्ग जिल्लाका ३ वटा बिद्यालयका प्रतिनिधिहरुलाई बैकको केन्द्रीय कार्यालय परिसरमा कपिहरु हस्तान्तरण गरे । साथै धापासी माध्यमिक बिद्यालय काठमाण्डौमा सीएसआर  कमिटिका सदस्य तथा यस बैकका नायब महा प्रबन्धक नरेशराज अर्यालले बिद्यार्थीहरुलाई बिद्यालय परिसरमा कपि बितरण गरे ।

साथै सीएसआर कमिटिका सदस्य सचिब तथा मार्केटिङ्ग तथा अनुसन्धान बिभागका बिभागीय प्रमुख सुनिता मानन्धरले बलम्बु माध्यमिक बिद्यालयमा कपि बितरण गरिन् र उक्त बिभागका उपप्रमुख दिजराज भट्टले नबयुग मा.बि.ज्याबहाल काठमाण्डौमा गई बिद्यालयका बिद्यार्थीहरुलाई कपि बितरण गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक लि.ले यस प्रकारका विभिन्न सामाजिक काम गर्दै आएको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ