शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देशका मुख्यमुख्य सहरमा खाद्य सुरक्षा अभियान सञ्चालन गर्नेः मन्त्री खनाल

शुक्रबार, २५ साउन २०७५, १७ : ५१
शुक्रबार, २५ साउन २०७५

काठमाडौं । सरकारले काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा खाद्य सुरक्षा अभियान सञ्चालन गर्ने भएको छ ।

कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनालले खाद्य वस्तुमा शुद्धता ल्याउन राजधानी काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा ६ महिना खाद्य सुरक्षा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उनले खाद्य वस्तुलाई गुणस्तरीय बनाउन कडा कदम चाल्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सचेत गराइएको पनि बताए । 

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले ३ महिनाभित्र दुधको गुणस्तर कायम गर्ने योजना पनि अघि सारे । उनले दुधको गुणस्तरमा सुधार आएको दावी पनि गरे । 

मन्त्री खनालले दुषित पानी उत्पादन गर्ने सबै उद्योग बन्द गर्ने चेतावनी पनि दिए । सरकारले दुषित पानी उत्पादन गरेको भन्दै २२ वटा पानी उद्योगमा तालाबन्दी गरेको छ ।

मन्त्री खनालले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न अझै केही महिना लाग्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप