शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपि पावरले ४० मेगावाटको चमेलिया बनाउने, नेपाल विद्युत प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता

शुक्रबार, २५ साउन २०७५, १७ : ४४
शुक्रबार, २५ साउन २०७५

काठमाडौं– तोकिएको समय अवधि भन्दा अगावै जलविद्युत अयोजना बनाउँदै आएको  अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच (आज) शुक्रबार ४० मेगावट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

हस्ताक्षर पत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका सञ्चालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालक  विभागका निर्देशक दिर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता अनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सब स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सूदूरपश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिइएको छ । 

४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । यसअघि छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । 

यस अपि पावर कम्पनीले जलविद्युतको अलावा १८ मेगावाटको सैर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागि भई १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो । कम्पनीले प्राप्त गरेको १८ मेगावट क्षमतको सोलार अयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरी राष्ट्रिय उर्जा संकट कम गर्ने लक्ष्य राखेको छ । 

यसरी हेर्दा अपि पावर कम्पनीले छोटो समयमा धमाधम जलविद्युत आयोजनाहरु निर्माण गरी सेयरधनीहरुलाई उचित प्रतिफल दिने हेतुल अगाडि बढिरहेको छ । नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न  अपि पावर कम्पनीले महत्वपूण भूमिका खेल्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप