शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘जोजोलोप्पा फेशन रनवे’ मा अभिनेत्री सञ्चिता

शुक्रबार, २५ साउन २०७५, १७ : ४१
शुक्रबार, २५ साउन २०७५

काठमाडौं– क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा १ भदौंमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ ।  नायिका सञ्चिता लुँईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने फेसन शोमा एक दर्जनभन्दा बढी मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनका डिजाइनहरुमा मोडलले र्याम्प प्रस्तुत गर्नेछन् । 

चर्चित कलाकारको सांगितिक प्रस्तुति पनि रहेन शोमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफी रहनेछ । ललितपुरको इन्द्रेणी ब्याक्वेटमा हुने शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप