शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘रोजी’को म्युजिकल्ली कन्टेष्टमा डिनर डेटदेखि लाख पुरस्कारसम्म

शुक्रबार, २५ साउन २०७५, १७ : ३३
शुक्रबार, २५ साउन २०७५

काठमाडौ – पछिल्लो समय चलचित्रको प्रमोसनका लागि विभिन्न प्रतिस्पर्धा आयोजना हुन थालेका छन् । यस्तैमा चलचित्र रोजीले केही पहिले सार्वजनिक गरेको गीत ‘फूल हैन’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । 

रोजी निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेन्मेन्टले लोभलाग्दो पुरस्कार राशी सहितको म्युजिकल्ली कन्टेस्ट आयोजना गरेको हो । प्रतिस्पर्धामा सहभागिका लागि इच्छुकले गीतको भिडियो बनाउन सक्नेछन् । संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । 

यसरी आएका भिडियो मध्ये एकलाई उत्कृष्ट ५० भित्र पर्नेलाई सबैलाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० भित्र पर्नेलाई कलाकारसँग डिनर डेट र दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले चाहेको विधामा अध्यायन छात्रवृद्धि प्राप्त गर्नेछन् । 

सबैमध्ये उत्कृष्ट एकले् भने नगद रु. १ लाख पुरस्कृत प्राप्त गर्ने संयोजक थापाले जानकारी दिइन् । उनले भनिन् ‘भिडियोले पाएको भ्युअर्जका आधारमा उत्कृष्टता तय गरिनेछ ।’  

एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । निरक पौडेल निर्देशित क्राइम थ्रिलर चलचित्र २२ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप