शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री थापा सम्मानित

शुक्रबार, २५ साउन २०७५, १६ : ३२
शुक्रबार, २५ साउन २०७५

चितवन– गृहजिल्ला चितवनमा गृहमन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी संगठनले संयुक्त रुपमा एक भव्य समारोहका बीच मन्त्री थापालाई सम्मान गरेका हुन् ।
तत्कालिन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको भन्दै उनीहरुले सम्मान गरेको बताएका छन् ।
कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुर्याउन, नीजि क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, नीति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा माग राखेको कृषि विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।

सो अवसरमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादी शिक्षालाई लागू गर्न सरकार अग्रसर भएको बताएका छन् । शिक्षामा अहिले अप्लसंख्यक पूँजीवादीहरु हावी भएको बताउँदै उनले भने बहुसंख्यक अझै बाहिर रहेको बताए । उनले भने, ‘त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।’

सरकारले शिक्षामा नीजि र सिन्डिकेटको अन्त्य गर्दै निशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउँदै उनले शिक्षामा पुँजीपतिहरु हावी भएकोले त्यसको अन्त्य गराएरै छाड्ने प्रतिबद्धता जनाए । उनले विदेशमा नेपाली पढ्न जाँदा समेत नेपाली पूँजी बाहिरिएको भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा कसरी दिने भन्ने बारेमा सरकारले गम्भीर रुपमा छलफल गरिरहेको समेत बताए ।

सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्तप्रकाश सुवेदी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य आरके भट्टले कृषि विश्वविद्यालयको विकासका लागि ८ नीजि कलेजको सम्बन्धन खारेज गरेकोमा सरकालाई धन्यवाद दिदै अबका दिनमा कुनै पनि हालतमा नीजिलाई सम्बन्ध दिन नहुनेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप