शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब तालिवानहरुले मध्यरातमा सिंगै शहर कब्जा गर्न सुरु गरे...

शुक्रबार, २५ साउन २०७५, १६ : ०१
शुक्रबार, २५ साउन २०७५

काबुल– पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् । 

आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए ।  प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको छ । 

तालिवान आतङ्ककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी प्रमुख फारिद अहमद मसालले एएफपी समाचार समितिलाई बताएका छन् । 

बिहीबार रातिनै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिबानले गरेको अर्को आक्रमणमा परी ६ प्रहरी अधिकारी मारिएका सो प्रान्तका गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिए । –एपी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप