केन्द्रीय संस्करण

अमेरिकासँग फेरि किन चिढियो उत्तरकोरिया ?

person access_timeसाउन २५, २०७५ chat_bubble_outline0

सिओल– उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । 

उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको बताएको छ । तर, अमेरिकाले एकपक्षीय रुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ । 

‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,’ उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ । 

‘यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन,’ प्रवक्ताले भनेका छन् । तैपनि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्, ‘विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।’ 

‘ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सही रुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ,’ मन्त्रालयले भनेको छ । –योन्हाप
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ