पहिरोको सिरानबजार जोखिममा
सोमबार, ०२ साउन २०७४, २० : ३८
मलेखु (धादिङ) – धादिङबेँसीमा रहेको सिरानबजार पहिराको जोखिममा परेपछि बजारबासी त्रसित भएका छन् । आइतबार राति परेको अविरल वर्षाले सिरानबजार र धादिङबेंसी जोड्ने बडेरीचौतारो क्षेत्रमा सडक भासिएको छ ।
सिरानबजारको सो क्षेत्रमा सडक भासिएको तथा एकाटीछेउमा पहिरो लड्नाले सवारी आवागमनमा बाधा पुगेको दुग्ध सञ्चालक रामप्रसाद रिजालले बताए ।
सडक चिराचिरा परी धाँजा फाटेको र त्यहीँबाट वर्षात्को पानी पसेर सडक भासिँदै गएका कारण मुख्य बजार क्षेत्रका १० भन्दा बढी घर जोखिममा परेका छन् ।
सो पहिराका कारण केही घरका भित्रसमेत चिरिएको स्थानीयवासीले जनाएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि सदरमुकाम क्षेत्रमा खानेपानीसमेत बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?