नागरिकता ऐन प्रष्ट बनाउन एनआरएन अगुवाको माग

न्यूयोर्क– एनआरएनहरुलाई दिईने गैर आवासीय नेपाली नागरिकताका बारेमा ऐन प्रष्ट नभएको भन्दै एनआरएन अगुवाहरुले प्रष्ट बनाउन माग गरेका छन् । सरकारले संसदमा दर्ता गराएको नागरिकता सम्बन्धी ऐनमा गैह्र आवासीय नेपालीहरूले सम्बन्धीत देशको नागरिकता लिँदा नेपालका नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्रै नेपाली नागरिकता दिईने भन्ने बुँदा अस्पष्ट भएको उनीहरुको भनाई छ ।
बूँदा नम्बर ५ को २ (ख) मा रहेको सम्बन्धित ब्यक्तिले साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा प्रमाण’ भन्नाले अमेरिका लगायतका देशको नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता त्यागेको प्रमाण दिन नपर्ने हुँदा त्यस्तो कुनै प्रमाण माग्दा अप्ठ्यारो हुने अगुवाहरुको बुझाई छ ।
नागरिता अभियानमा लामो समयदेखि सकृय बरिष्ठ अधिवक्ता समेत रहेका खग्रेन्द क्षेत्रीले यस ऐनबाट अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएन नागरिकता प्राप्त गर्न कठिन हुने देखिएको भन्दै असन्तुष्टि ब्यक्त गरे । उनले ऐन संसदमा रहेकोले सच्याउन माग समेत गरेका छन् ।
सरकारले ल्याएको वर्तमान बिधेयक र मस्यौंदाले अमेरिका, क्यानडा वस्ने नेपालीहरू (जसले अमेरिका र क्यानडाको नागरिकता लिएका छन्) उनीहरू नेपाली नागरिकता पाउनबाट बन्चित हुने देखिएको एनआरएन अगुवाहरुको बुझाई छ । एनआएन अमेरिका क्षेत्रका आरसी गौरीराज जोशीले पनि ऐन प्रस्ट बनाए सबैलाई सहज हुने बताए ।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले ऐनले अमेरिका, क्यानडा लगायतका मुलुकमा बस्ने नेपालीहरुलाई दुख दिन खोजेजस्तो देखिएका बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ