शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोट्टिएर आयो ‘कायरा’

शुक्रबार, २५ साउन २०७५, १३ : ०९
शुक्रबार, २५ साउन २०७५

काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘कायर’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । 

चलचित्रले पहिलो साता राम्रो ब्यवसाय गरेको निर्माण युनिटको दाबी रहेको छ । यो साताबाट चलचित्र ‘कायरा’ केही छोट्टिएर प्रदर्शनमा आउने भएको छ । दर्शकले चलचित्र ‘स्लो’ र ‘लेन्दी’ भएको गुनासो गरेपछि छोटाएर प्रदर्शनमा ल्याउन लागिएको निर्माता समेत रहेका आर्यनले बताए । आर्यनले दर्शकलाई फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको बताए । 

आर्यन अहिले दुवईमा रहेका छन् । चलचित्रको प्रदर्शनमा केही दिन पहिले अभिनेत्री साम्राज्ञीसहित उनी दुवई उडेका हुन् । २ घण्टा २१ मिनेटको चलचित्र अब छोटाएर २ घण्टा ५ मिनेटमा झारिएको निर्देशक लक्ष्मण रिझालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप