शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘छिरिङ’को गीत: ‘तिमीले त मायामा...’ भन्दै निमा र कामना

शुक्रबार, २५ साउन २०७५, १३ : ०२
शुक्रबार, २५ साउन २०७५

काठमाडौं– गायकद्वय निमा रुम्बा र यशकुमार अभिनित चलचित्र ‘छिरिङ’को पहिलो गीत ‘तिमीले त मायामा...’ सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक गीतमा यशकुमारकै संगीत,शब्द र स्वर रहेको छ । यो गीतमा उनलाई विन्दु परियारले साथ दिएकी छन् । 

गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल देखिएका छन् । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई गीतमा कलाकारको साथमा समेटिएको छ ।

कागबेनीपछि निमा रुम्बाको यो पहिलो चलचित्र हो । गीतले केही प्लट रहस्योद्घाटन गरिदिएको छ । जसअनुसार रुम्बा अमेरिका रिन्टर्स युवक छन् । घोडा चढेका यशकुमारलाई गीतले अन्तिममा युवतीको लभ इन्ट्रेस्टको रुपमा फिचर्ड गरिदिएको छ । 

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथा हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

यशकुमारको निर्देशन रहेको चलचित्रमा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण, मानकृष्ण महर्जनको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । १२ असोज चलचित्रको प्रदर्शन मिति तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप