नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै
काठमाडौं– एसियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलीसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।
थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो ।
बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । ‘एशियन गेम्स’ र साफ च्याम्पियनसिपको लागि नेपाली टोली १० दिने विशेष प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको छ ।
यही साउन २९ देखि हुने एशियाली खेलकूदका लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ । एशियाली खेलकूदको समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् ।
यस्तै मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार