बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाको इन्टिमेट सीन विवाद पछि ‘कथा काठमाण्डू’ले ल्यायो अर्काे गीत

शुक्रबार, २५ साउन २०७५, १२ : २४
शुक्रबार, २५ साउन २०७५

काठमाडौं । केही पहिले सार्वजनिक अभिनेत्री प्रियंका कार्कीको इन्टिमेट दृश्यले भरिएको गीत ‘रातको कुरा...’ विवादमा परेपछि चलचित्र ‘कथा काठमाण्डू’ले दोस्रो गीत सार्वजनिक गरेको छ । 

निर्माण युनिटले बिहिबार ‘जुन अनि तारा...’ बोलको दोस्रो गीत ल्याएको हो । सार्वजनिक गीतमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, र सन्ध्या केसीलगायत कलाकार देखिएका छन् । गीतको भिडियोमा सबै कलाकार जोडी बनेका छन् । 

सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । १२ असोज प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’  संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । 

संगीताकथा रहेको चलचित्र विजय राइले निर्माण गरेका हुन् । अष्ट महर्जनको द्वन्द्व, मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको संगीत चलचित्रमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप